प्राईम बैंक र धादिङ क्रिकेट संघ बीच मैत्रिपूर्ण क्रिकेट सम्पन्न (स्कोर समेत)

Avatar photo
Dhadingpost
मंसिर १७, २०७९

धादिङ । धादिङको बेनीघाट रोराङ स्थित चन्द्रोदय माविको खेल मैदानमा प्राईम बैंक र धादिङ क्रिकेट संघ बीच आज मैत्रिपूर्ण टी २५ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको प्राईम बैकको २३५ रनको टार्गेट पाएको धादिङ क्रिकेट संघले ७ विकेटले आफ्नो पक्षमा पारेको छ ।

२३५ रनको टार्गेट पछ्याउदै ब्याटिङमा उत्रिएको धादिङका ओपनर ब्याटर अमृत थापाले ६० बलमा ७ छक्का, १७ चौंका सहित १२३ रन, आशिष मियाले १३ बलमा ८ रन, गोविन्दले १५ बलमा १५ रन, अमृत लम्सालले २५ बलमा २५ रन, सन्जोगले १४ बलमा ५ रन, शंकरले ४ बलमा २ रन, दिपेश कडेलले ८ बलमा २० रन, मनिश दुवाडीले १ बलमा १ रन बनाएका थिए ।

प्राईम बैंकले टस जिते सँगै, बलिङको निम्तो पाएको धादिङ क्रिकेट संघको बलिङमा प्राईम बैकका प्रभेसले नट आउट हुँदै ६७ रन बनाए भने कमलेन्द्रले २८, प्रवेसले २२ रन बनाउन सफल भए भने प्राईम बैंकले ४२ रन एक्स्ट्रा जोडेको थियो ।