
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । जसमा समूह ुसीु र समूह ुडीु का दुई दुई खेलहरु हुनेछन् ।
पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ, भने दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।
दुईपटकको विजेता अर्जेन्टिना विश्वकपको समूह ‘सी’मा त्यति सहज अवस्थामा छैन । तर, अर्जेन्टिना सहजै प्रिक्वार्टरफाइनलमा पुग्ने विश्वास राख्छ । समूहको अन्तिम खेलमा अर्जेन्टिनाले बुधबार पोल्यान्डको सामना गर्दै छ । अर्जेन्टिनाको तुलनामा पोल्यान्ड सहज अवस्थामा छ । पोल्यान्डको चार र अर्जेन्टिनाको तीन अंक छ । यस समूहमा साउदी अरेबियाको पनि तीनै अंक छ । यी तीनमध्ये दुई टोलीले अन्तिम १६ को स्थान बनाउनेछन् । यसैले पनि उनीहरूले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दा सहज रूपमा लिने पक्कै छैनन् ।
समूहमा पोल्यान्ड दुई खेलबाट चार अंकसहित शीर्ष स्थानमा छ । अर्जेन्टिना र साउदीको समान तीन अंक रहँदा मेक्सिकोको जम्मा एक अंक छ । यो समूहमा चारै टोलीको सम्भावना उत्तिकै रहन्छ । बुधबार अर्जेन्टिनाविरुद्ध पोल्यान्डले एक अंक हासिल गरे पनि प्रिक्वार्टरफाइनलमा स्थान बनाउनेछ । यस्तो अवस्थामा अर्जेन्टिना घर फर्कन सक्ने बलियो सम्भावना रहन्छ ।
अर्जेन्टिनाले पोल्यान्डलाई पराजित गरे सीधै प्रिक्वार्टरफाइनल स्थान बनाउनेछ । एकै समयमा हुने अर्को खेल साउदी अरेबिया र मेक्सिकोबीच हुनेछ । मेक्सिकोले खेल आफ्नो पक्षमा पारे वा बराबर गर्दा अर्जेन्टिनाले अर्काे चरणमा स्थान बनाउने पक्का छ । यो नतिजा आए पोल्यान्ड र अर्जेन्टिना प्रिक्वार्टरफाइनलमा स्थान बनाउँदा मेक्सिको र साउदीको सम्भावना समूह चरणमै सकिनेछ । फाईल तस्वीर
