धादिङमा आजबाट त्रिपुरासुन्दरी गोल्ड कप सुरु हुने

Avatar photo
Dhadingpost
मंसिर ८, २०७९

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा आजबाट प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

गणेश स्थान युवा क्लवले त्रिपुरासुन्दरी ६ हाँसेपसलमा उक्त गोल्डकपको आयोजना गर्न लागेको हो । यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई १ लाख ३३ हजार ३३३ र उपविजेतालाई ६० हजार ६६६ रुपैयाँ रहेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा यहि मंसिर १० र ११ गते लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ

x