धादिङमा त्रिपुरासुन्दरी गोल्ड कप भोली देखि, टिम दर्ता आजसम्म गर्न सकिने

Avatar photo
Dhadingpost
मंसिर ७, २०७९

धादिङ । धादिङको ऐतिहासिक धार्मिक पर्व त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसीजात्राको अवसरमा भोलीबाट प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटबल प्रतियोगिता हुने भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका स्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेला अर्थात सल्यानबेसी जात्राको अवसरमा गणेशस्थान युवा क्लवले आगामी मंसिर ८ गते देखि ११ गते सम्म त्रिपुरासुन्दरी ६ हाँसेपसलमा त्रिपुरासुन्दरी गोल्ड कपको आयोजना गर्ने भएको हो । यस वर्ष सल्यानबेसी जात्रा मंसिर १० र ११ गते लाग्ने छ ।

प्रथम पुरस्कार १ लाख ३३ हजार ३३३ रहने यस प्रतियोगिताको उपविजेताले ६० हजार ६६६ रुपैयाँ पाउने छन् । आयोजक संस्थाका सुवास थपलियाका अनुसार यस प्रतियोगितामा सहभागि हुन इच्छुक क्लवहरुले ९ हजार ९९९ तिरेर टिम दर्ता मंसिर ७ गते भित्र गराई सक्नु पर्नेछ । थप जानकारीका लागि 984081067, 9866280744, 9841045626 मा सम्पर्क गर्न सकिने समेत थपलियाले धादिङपोष्टलाई बताए ।

x