
काठमाडौं । फिफा विश्वकप फुटबल आईतबारबाट सुरुभएको छ । कतारको अल बायट स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हरायो । २२ संस्करण आइपुग्दा विश्वकपमा आयोजक टोलीले पहिलो खेल हारेका थिएनन् । त्यस्तै कतार सन् १९७० मा मेक्सिको पछि उद्घाटन खेलमा गोल गर्न नसक्ने टोली बन्यो ।
आज दोस्रो दिन ३ खेलहरु हुने फिफाले जनाएको छ जसमा पहिलो खेल आज साँझ ६ः४५ बजे समूह ‘बी’ मा रहेका इंग्ल्यान्डविरुद्ध इरान हुनेछ भने अमेरिकाविरुद्ध वेल्सको खेल राती १२:४५ बजे हुनेछ । त्यसैगरि समूह ‘ए’ मा रहेको सेनेगलविरुद्ध नेदरल्यान्ड्सको खेल ९:४५ बजे हुनेछ ।

