धादिङको गणेशकुण्ड केन्द्रमा ९० वर्षिय सापकोटद्वारा पहिलो मतदान

Avatar photo
Dhadingpost
मंसिर ४, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिका ४ स्थित गणेशकुण्ड मावि मतदान स्थलमा ९० बर्षिय अन्नकुमारी सापकोटाले पहिलो मतदान गरेकी छिन् ।

दुई वटा मतदान केन्द्र रहेको यस मतदान स्थलमा १००५ पुरुष र ९३४ महिला गरी १९३९ मतदाताता रहेका छन् ।

धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् । फोटो सविना तामाङ