धादिङको सेर्तुङबाट ५ घण्टा हिडेर विकट मतदान स्थल पुरू पुगे निर्वाचनका कर्मचारी

Avatar photo
Dhadingpost
मंसिर २, २०७९

धादिङ । धादिङको सबैभन्दा टाढा रहेको रुबीभ्याली गाउँपालिका १ स्थित लस्साङ कर्पो आधाभुत विद्यालय मतदान स्थलमा मतदान गराउन १२ जना सुरक्षा कर्मी सहित २० जना कर्मचारीहरु विकट मतदान केन्द्र पुरू पुगेका छन् । धादिङबेसीबाट सेर्तुङ सम्म गडीमा पुगेका उनीहरु ५ घण्टाको पैदय यात्रा पछि पुरु मतदान केन्द्र पुगेका हुन् । पुगिएको पुरु गणेश हिमालेको फेदीमा पर्छ । यो मतदान स्थलमा एउटा मात्रै मतदान केन्द्र रहेको छ ।

मतदानमा खटिएका राज तामाङले धादिङपोष्टलाई जनाए अनुसार ३२९ पुरुष र ३१३ गरी ६४२ मतदाता रहेको यस लस्साङ कर्पो आधाभुत विद्यालय मतदान केन्द्रका लागि सहायक मतदान अधिकृत जिवन लामा, सहायक कर्मचारीमा परशुराम मंडल, बलबहादुर तामाङ, प्रेम दोङ तामाङ, अश्लेषा तामाङ सुर्मिला तामाङ, सेम तामाङ र १२ जना सुरक्षाकर्मीहरु पुरु पुगेका हुन् ।

मंसिर ४ गते हुने निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । जसमा धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।

धादिङको कुन वडामा कति मतदाता (पूर्णपाठ)