धादिङका विकेश सहभागी नुवाकोट टिम प्रदेश विजेता

Avatar photo
Dhadingpost
मंसिर १, २०७९

धादिङ । यु-१९ क्रिकेट लिगका लागि धादिङका दुई खेलाडीहरु विकेश श्रेष्ठ नुवाकोटबाट र अशिष मिया तनहुँबाट छनोट भएका थिए । यी दुई मध्य विकेश श्रेष्ठ सहभागी नुवाकोट जिल्ला बागमती प्रदेश विजेता बनेको छ ।

बुधबार भएको बागमती प्रदेश स्तरीय यु-१९ क्रिकेटको फाइनलमा नुवाकोटले काठमाडौंलाई ३ विकेटले हराउँदै जित हासिल गरेको हो । काठमाडौंले दिएको १ सय ८८ रनको लक्ष्य नुवाकोटले ३ विकेट लिएर जित हासिल गरेको नुवाकोट क्रिकेट संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

सेमिफाइनलमा नुवाकोटले ललितपुरलाई र काठमाडौंले चितवनलाई हराउँदै फाइनलमा पुगेको थियो । प्रतियोगितामा प्रदेशका छ जिल्लाका टिमलाई दुई समुहमा विभाजन गरी खेलाईएको थियो ।