धादिङमा एक साताका लागि मदिरा निशेध

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७९

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै एक साताका लागि मदिराजन्य पदार्थ निशेध गरिएको जनाएको छ ।

मंसिर ४ गते सम्पन्न हुन गहिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन लक्ष्यित गरेर प्रशासनले कार्तिक ३० गते देखि मंसिर ६ गते सम्मका लागि मदिराजन्य पदार्थ विक्रि वितरण तथा सेवन कार्य निशेष गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा नीलकण्ठ नगरपालिका ३ र गल्छी ६ को हकमा भने निर्वाचनको परिणाम नआउँदा सम्म मदिराजन्य पदार्थ ओसार पसार, विक्रि वितरण र सेवनमा रोक लगाईएको छ । यदि सूचनालाई कसैले वेवास्था गरे कानुन बमोजिम कार्वाही हुने सूचनामा उल्लेख छ ।