धारिलो हतियार प्रयोग गरि आमाछोरीको हत्या

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७९

नुवाकोट । नुवाकोटको दुप्चेस्वर गाउँपालिका ५ बालकुमारीको भंगेरिमा सोमबार बेलुकी खुकुरी प्रहार गरी आमा छोरीको विभत्स रूपमा हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

स्थानीय २० वर्षीया सम्झना खतिवडा र उनकी चार वर्षिया छोरी कृष्टिना खतिवडाको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

हत्या गर्ने युवक फरार छन् । छिमेकी २० वर्षीय पुष्कल तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको वडाध्यक्ष मैते तामाङले बताए ।

वडाध्यक्ष तामाङका अनुसार दिउँसोदेखि नै युवक पुष्कल तामाङले हातमा खुकुरी बोकेर मान्छे मार्छु भन्दै हिँडेको स्थानीयले देखेका थिए । स्थानीयवासीका अनुसार गाउँमा असामाजिक व्यवहार गर्ने तामाङ सुधार केन्द्रमा राखिएका थिए ।