
धादिङ । धादिङ खनियाबास निवासी मंग तामाङ फेरि माओवादी केन्द्र मै फर्किका छन् । कुनै बेला माओवादी जिल्ला कमिटी सदस्य रहेका मंगले ०७४ सालको स्थानीय तहको निर्वाचनमा टिकट नपाएको झोकमा माओवादी केन्द्र विरुद्ध पत्रकार सम्मेलन गरेका थिए ।
हाल नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य समेत रहेका मंगले गत स्थानीय तहको निर्वाचनमा खनियाबासमा एमालेबाट पालिका अध्यक्षमा उठेका उम्मेदवारलाई हराउन कांग्रेसका बागी स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेका थिए । उनै मंग तामाङ फेरि एमाले परित्याग गर्दै शनिबार माओवादी केन्द्रमा प्रवेस गरेका छन् ।
माओवादी केन्द्रका केन्द्रिय सदस्यद्वय पुष्प विक्रम मल्ल, रामहादुर भण्डारी, जिल्ला संयोजक मनराज भण्डारी, जिल्ला नेताहरु दिपक विश्वकर्मा, शम्भु श्रेष्ठ, रुद्रबहादुर खत्रीको उपस्थित रहेको एक विशेष कार्यक्रमका बीच मंग माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।



