
काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी२० विश्वकपको उपाधिका लागि भारतलाई हराउँदै इङ्ल्यान्ड फाईनल प्रवेस गरेको छ अब फाईनल पाकिस्तान र इङ्ल्यान्ड बीच हुनेछ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गर्यो । टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले १६९ रनको लक्ष्य दिएको थियो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाएका थिए ।
इङ्ल्यान्डले १६ ओभरमा विनाकुनै विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । प्रारम्भिक ब्याट्सम्यानद्वय एलेक्स हेल्सले ८६ र जोस बटलरले ८० रन बनाए । उनीहरु अविजित रहँदै आफ्नो देशलाई फाइनलको यात्रा तय गराउन सफल भए ।
इङ्ल्यान्ड सन् २०१० को टि२० विश्वकप च्याम्पियन टोली हो । पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । इङ्ल्यान्ड सन् २०१६ को विश्वकपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो ।


