
धादिङ । धादिङ क्षेत्र नं. १ को प्रदेश २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल आज भोट माग्न बेनीघाट रोराङ गाउँपालिका ५ स्थित जनगाउँ पुगेका छन् ।
जमकट्टेल सँगै माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, जिल्ला सचिव दिपक लामिछाने (सुबोध) समानुपातिक उम्मेदवार सोम्बोले तामाङ (अक्कल), नेपाली कांग्रेस, एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरु समेत जनगाउँ पुगेका थिए ।
मंसिर ४ को संघ र प्रदेशको चुनाव विकास र समृद्धि सँग जोडिएको बताउँदै उम्मेदवार जमकट्टेलले विकास र समृद्धिका लागि प्राप्त उपलब्धी संविधानको रक्षा गर्नु पर्ने भएकोले सत्ता गठबन्धनले जिते मात्रै संविधानको रक्षा अनि विकास र समृद्धि हुने बताएका थिए ।
भोत माग्न जनगाउँ पुगेका जमकट्टेलले एमाले संविधान च्यात्ने र राजा ल्याउने अभियानमा छ त्यहि अनुरुप पश्चगामीहरु सँग चुनावी तालमेल गरेको आम जनताले बुझ्न आवश्यक रहेको र यो चुनावमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हार्ने छुट नभएको आम मतदाताले बुझिदिनु पर्ने बताएका थिए ।


