
धादिङ । धादिङका दुई जना क्रिकेट खेलाडीहरु नुवाकोट र तनहुँ जिल्लाबाट अण्डर १९ का लागि छनोट भएका छन् । धादिङ जिल्ला क्रिकेट संघले क्यानको मान्यता पाईनसकेकोले धादिङका खेलाडीहरु अन्य जिल्लाको छनोटमा सहभागी हुँदै आएका हुन् ।
धादिङबाट बागमती प्रदेश स्तरीय पुरुष क्रिकेट खेलि सकेका बेनीघाट रोराङका घर भई आशिष मियालाई तनहुँ जिल्लाले यू १९ क्रिकेट प्रतियोगिताको लागि छनोट गरेको हो भने, नीलकण्ठ नगरपालिकाका विकेश श्रेष्ठलाई नुवाकोटले छनोट गरेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि क्यानको मान्यता प्राप्त गरेका जिल्लाहरुले खेलाडी छनोट सकेका छन् भने अब प्रदेश स्तरीय प्रतियोगिताहरु कार्तिक २४ गतेबाट सुरुहुँदैछ । प्रदेश विजेता टिमहरुले मंसिरमा हुने राष्ट्रिय प्रतियोगिता खेल्ने छन् ।


