धादिङमा खेतबारी मै मतदाता भट्दै एमाले कार्यकर्ताहरु

Avatar photo
Dhadingpost
कार्तिक २२, २०७९

धादिङ । मंसिर ४ को संघ र प्रदेशको निर्वाचन मिति नजिकिँदै छ । दलहरुलाई घरदैलो गर्ने चटारो छ । उम्मेदवारहरू घरदैलोमा पुगिरहँदा ग्रामीण भेगका मतदाताहरू भने मेलापातमा व्यस्त छन्।

चुनावी सरगर्मी सहरबजारदेखि गाउँबेंसीसम्म भए पनि गाउँका अधिकांश मतदाताहरू मेलापातमा व्यस्त रहेपछि धादिङका एमाले कार्यकर्ताहरुले घरदैलोको क्रममा मेलापात सम्म पुगेका छन् ।

तस्वीरमा देखाईएको दृष्य गजुरी गाउँपालिकाकाको हो । गजुरी गाउँपालिकाका पुर्व अध्यक्ष राजेन्द्रविक्रम कस्नेत लगायतका एमाले कार्यकर्ताहरु मतदाताहरुलाई भेट्न खेत मै पुगेका हुन् । जहाँ मतदाता त्यहा एमाले कार्यकर्ता भन्ने निर्वाचन केन्द्रित अभियान एमाले धादिङले चलाएको छ ।

एमालेबाट धादिङ १ मा भुमि त्रिपाठी यसै प्रदेशको १ मा रमेश अचार्य, २ बाट गजेनद्र थपलिया, धादिङ २ बाट खेम लोहनी यसै क्षेत्रको प्रदेश १ बाट डा. रामकुमार अधिकारी चुनावी मैदानमा छन् भने यो क्षेत्रको प्रदेश २ मा एमालेले राप्रपाका उम्मेदवार डम्बर तामाङलाई सघाउने भएको छ ।

x