
नुवाकोट । नुवाकोट क्रिकेट संघले आयोजना गरेको १० औं अन्तर विद्यालय स्तरिय टि–२० क्रिकेट प्रतियोगिता विदुर नगरपालिका ५ मा रहेको शहिद जगत प्रकाश जंग शाह सँस्कृत माध्यामिक विद्यालयले जित्न सफल भएको छ ।
सोमवार भएको फाइनल खेलमा अर्किड एकेडेमी बट्टारलाई ६ विकेटले पराजित गरि संस्कृत माविले उपाधि हात परेको हो । टस जितेर पहिले ब्याटिङ गरेको अर्किड एकेडेमीले १६ दशमलव ५ ओभरमा अल आउट हुँदै ७४ रन बननाएको थियो भने संस्कृत माविका रोसिस सुनार एक्लैले ४ विकेट लिएका थिए भने उनले ३ दशमलव ५ ओभर वलिङ गर्दै १६ रन दिएका थिए । श्रीतेस राईले ३ र अनिस नेपालले एक विकेट हात पारे । ७५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको संस्कृत माविले १२ दशमलव ४ ओभरमा ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गरेको थियो ।
प्रतियोगितामा संस्कृत मावि, अर्किड एकेडेमी, रणभुवेनश्वरी मावि र श्री भिमेश्वर बोर्डिङ स्कुलको सहभागीता रहेको नुवाकोट क्रिकेट संघले जनाएको छ
