घण्टी चिन्ह लोकप्रिय बनि सक्यो -हिमेश पन्त

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७९

धादिङ । धादिङ क्षेत्र नं. १ का उम्मेदवार हिमेश पन्तले घण्टी चुनाव चिन्ह लोकप्रिय बनिसकेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ १ को उम्मेदवार बनेका पन्त चुनावी घरदैलोका क्रममा आज सिद्धलेकको नलाङ आईपुगेका छन् ।

धादिङपोष्ट सँग कुरा गर्दै उनले भने, कुन उम्मेदवारको पछाडी भिड छ, त्यो महत्वको विषय हैन, हामी केहि गरौं भन्ने उद्धेश्य सहित राजनीतिमा आएको छौं आम मतदाताले मंसिर ४ गते घण्टी चुनाव चिन्हमा मतदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।

सँधै एकै व्यक्तिलाई भोट हाल्नु पर्ने ? त्यो पनि विकास र समृद्धिका लागि हैन उम्मेदवारका लागि यो कुरा जनताले बुझि सकेका छन् । अवको विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह घण्टी यो जनताले बुझ्नु पर्ने उनी बताउँछन् । मिडियाले पनि सहयोग गर्नुपर्यो सबै लागौं, सबै जाऔं, घण्टी चिन्हमा मतदान गर्न आब्हान गरौं, उम्मेदवार हिमेशले भने।