पितृशोकमा रहेका आफ्नाे प्रतिपर्धी उम्मेदवार थपलियालाई भेट्न पुगे शालिकराम जमकट्टेल

Avatar photo
Dhadingpost
कार्तिक २०, २०७९

धादिङ । माओवादी केन्द्र धादिङका ईन्चार्ज शालिकराम जमकट्टेलले पितृशाेकमा रहेका आफ्नाे प्रतिस्पर्धी उम्मेदवार एमालेका गजेन्द्र थपलियालाई भेट गरेका छन् ।

मृतक प्रति श्रद्धाञ्जली र शाेक सन्तप्त परिवारलाई समवेदना दिन सिद्धलेक परेवाटार पुगेका जमकट्टेल र शाेकमा रहेका थपलिया सँग चुनावी तयारीका विषयमा समेत छलफल भएकाे थियाे ।

भेटमा थपलियाले कस्ताे छ तपाईंको तयारी मतदाताहरु के भन्छन् भनेर जिज्ञासा राखेका थिए । जमकट्टेलले आफुले मन्त्रीहुदा समान व्यवहार गरेकाे उल्लेख वजेट आफ्नाे क्षेत्रमा ल्याएकाेले जित सुनिस्चित जस्तै रहेकाे बताएका थिए ।

एमालेबाट बागमती प्रदेश सभा सदस्यका उम्मेदवार एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ तथा बुद्धिजीवि परिषदका महासचिव इन्जिनियर गजेन्द्र प्रसाद थपलियालाई पितृशोक परेको छ । प्रदेश सभा उम्मेदवार थपलियाका बुबा शिव प्रसाद थपलियाको ८९ वर्ष उमेरमा कार्तिक १६ गते मृत्यु भएकाे थियाे ।