
धादिङ । चितवन आमन्त्रण तेक्वान्दो प्रतियोगिता-२०७९ मा धादिङ प्रथम भएको छ । रत्तनगर चितवनमा सम्पन्न उक्त प्रतियोगितामा ३ स्वर्ण, २ रजत र १ कास्य सहित धादिङ प्रथम भएको हो ।
नेपाल तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरीका अनुसार उक्त प्रतियोगितामा विभिन्न जिल्लाका २५ टिम सहभागि थिए । धादिङका पावल तामाङ उत्कृष्ट खेलाडी घोषित उक्त प्रतियोगितामा धादिङका पावल तामाङ, प्रमिता तामाङ र राजु तामाङले गोल्ड मेडल जित्न सफल भएको थिए भने धादिङका अन्य खेलाडीहरु कविन कुमाल, गौतम श्रेष्ठले रजत र रविन कुमालले कास्य पदक जितेका थिए ।

सौराह तेक्वान्दो डोजाङले आयोजना गरेको उक्त प्रतियोगिता कार्तिक १८ र १९ गते दुई दिन सम्म चलेको थियो ।
