धादिङ गल्छीमा सत्ता गठबन्धनले क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता प्रशिक्षण गर्दै

Avatar photo
Dhadingpost
कार्तिक १३, २०७९

उपेन्द्र जमकट्टेल
धादिङ । शनिबार धादिङबेसीमा क्षेत्र नं. २ स्तरीय कार्यकर्ता अभिमुखिकरण गरेको लोकतान्त्रिक वाम गठबन्धन धादिङले आज गल्छीमा धादिङ क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता प्रशिक्षण गरिने जनाएको छ ।

माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् प्रतिनीधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार शालिकराम जमकट्टेलका अनुसार सत्ता गठबन्धनका कार्यकर्ताहरुको समान बुझाई र साझा धारण बनाउँदै जनताकोमा जान संयुक्त प्रशिक्षणको आयोजना गरिएको हो ।

यस क्षेत्रमा संघ तर्फ गठबनधनले एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, प्रदेश १ मा मदुकुमार श्रेष्ठ र प्रदेश २ मा शालिकराम जमकट्टेललाई साझा उम्मेदवार बनाएको छ भने एमालेका भुमि त्रिपाठी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्त र स्वतन्त्रबाट उत्तम कडेल प्रदेश १ मा एमालेबाट रमेश आचार्य, एमाले कै बागी नेत्र पौडेल चुनावी मैदानमा देखिएका छन् भने २ मा गठबन्धनका साझा उम्मेदवार शालिकराम सँग एमालेका गजेन्द्र थपलियाले प्रतिस्पर्धा गर्ने छन् ।