धादिङ क्षेत्र नं. १ मा माछा चिन्ह चिनाउँदै उत्तम कडेल

Avatar photo
Dhadingpost
कार्तिक १२, २०७९

धादिङ । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा बलिया दुई उम्मेदवारहरु सत्ता गठबन्धनका राजेन्द्र पाण्डे र एमालेका भुमि त्रिपाठी विरुद्ध स्वतन्त्र उम्मेदवारहरु कमेडियन हिमेश पन्त र उत्तम कडेल पनि छन् । वामपन्थी आन्दोनका समकक्षी अहिलेका दुई ठुला पार्टीका उम्मेदवारहरु सत्ता गठबन्धनका राजेन्द्र पाण्डे र एमालेका भुमि त्रिपाठी विरुद्ध चुनावी मैदानमा रहेका उत्तम कडेल कुनै तडकभडक नगरि टोलटोल पुगेर माछा चिन्हलाई भोट मागि रहेका छन् ।

भोट माग्ने क्रममा कडेलले जनता सँग केहि प्रतिवद्धता समेत जनाउने गरेका छन् । उनले आफ्नो उम्मेदवारी मानिसहरुमा प्रकृति–मानव मैत्री विचारधारात्मक जागृती फैलाउँदै जै–पारिस्थितीक मैत्री समुन्नत पर्यावरणीय विश्व समाज निमार्ण गर्दै प्रकृति–मानव हितैषी सामाज व्यवस्था सम्म लैजाने परिस्थिति सृजना गर्ने जनाएका छन् ।

गाँस बास कपास लगायत शुद्ध हावा, शुद्ध पिउने पानी, विषधी रहित भोजन, खाद्य सुरक्षा, निशुल्क स्वास्थ्इ र शिक्षा व्यवास्था गर्न, जंगल फडानी, चोरी शिकारी, तस्करी आदीको प्रभावकारी नियन्त्रण गर्दै प्राकृतिक स्रोतक साधनको संरक्षण गर्न, भ्रष्ट्रचार, कमिशनतन्त्र, गुट केन्द्रिय लालच, पर्यावरणिय विनास, प्राकृतिकदोहन लगायत जनहित विरोधी कार्य रोक्न र अवैध उद्योग तथा खानी तत्काल बन्द गर्न र उद्यो व्यवसायलाई प्रकृति मैत्रि बनाउन आफ्नो उम्मेदवारी रहेकाले माछा चिन्हमा मतदान गर्न उनले आग्रह गरेका छन् ।

स्वतन्त्र उम्मेदवार उत्तम कॅडेलको संक्षिप्त जानकारी
१. वि.सं. २०३३ सालमा गजुरी हाई स्कुलको स्ववियु सदस्यवाट राजनिती शुरु गरेको।
२. वि.सं. २०३५ देखी २०५८ सम्म तत्कालिन मालेरएमालेमा सक्रिय भै पुर्णकालिन कार्यकर्ता भै काम गरेको ।
३. वि.सं. २०५२मा तत्कालिन सुकुम्वासी समस्या समाधान आयोगको जिल्ला अध्यक्षको रुपमा कार्य गरी पुर्जा समेत वितरण गरेको ।
४. वि.सं. २०५४ देखी २०५९ सम्म जिल्ला विकास समिती धादिडःको निर्वाचित उपसभापति भै कार्य गरेको ।
५. वि.सं. २०५९ देखी २०७० सम्म माओवादी आन्दोलनमा सक्रिय । जिल्ला सह-ईन्चार्ज । भुमिगत समेत
६. वि.सं. २०७० देखि पार्टीहरुसॅग अलग भई पर्यावरणिय अभियानमा स्वयंसेवि रुपमा सक्रिय ।विसं २०५५ देखि त्रिशुली लगायतका नदिहरुको संरक्षणमा सक्रिय ।
७. वि.सं. २०६९ देखी २०७२ सम्म कृषी सामाग्री कम्पनि नेपालको वोर्ड अध्यक्ष ।
८. केहि वर्ष शिक्षण पेशामा सक्रिय,पत्रकारिता समेतको अनुभव ।
९. पंचायत विरोधी आन्दोलनको क्रममा पटक पटक जेलनेल र यातना ।
१०. प्रकाशित कृती: “जोखिमका पाईला” यात्रा संस्मरण । साथै पत्रपत्रिकाहरुमा अनेक फुटकर लेख रचनाहरु प्रकाशित ।