
धादिङ । धादिङ पहिलो पटक संघीय निर्वाचनका सहभागि जनाउँदै गरेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ज्वालामुखी गाउँपालिकाले सम्पर्क कार्यालय संचालनमा ल्याएको छ ।
ज्वालामुखि गाउँपालिका स्थित चिलाउने चौतारामा उपसभापति डोल प्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टिको सम्पर्क कार्यालय उद्घाट गरेका हुने । कार्यालय उद्घाटन गर्दै उपसभापति अर्यालले घण्टी चुनाव चिन्हमा मतदान गर्न आव्हान गरेका थिए ।
घण्टी चुनाव चिन्ह लिएर प्रत्यक्ष धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ बाट हिमेश पन्त र प्रतिनीधि सभा क्षेत्र नम्बर २ बाट बसुमायाँ तामाङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा छन् ।
