
धादिङ । जिल्ला निर्वाचन कार्यालयले धादिङको दुई वटा प्रतिनीधि सभा क्षेत्र र ४ वटा प्रदेश सभा क्षेत्र प्रत्यक्ष तर्फका उम्मेदवारका लागिप्रयोग हुने नमुना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन कार्यालयले उम्मेदवारको सूची अनुसार चुनाव चिन्ह राखेर नमुना मतपत्रमा सार्वजनिक गरेको हो ।
मसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनमा धादिङबाट पुरुष ७० हजार १९५ र कहिला ६५ हजार ०४७ गरी २ लाख ७१ हजार ९ सय ८४ जना मतदाताहरुले भाग लिन पाउने छन् ।












































