नवौं खेलकुदमा पदक विजेता धादिङका खेलाडीलाई सम्मान

Avatar photo
Dhadingpost
कार्तिक ७, २०७९

धादिङ । धादिङमा जारी जिल्ला स्तरीय अन्तरपालिका टी-२० क्रिकेट प्रतियोगिताको समापन एवम् पुरस्कार वितरण समारोहमा जिल्ला क्रिकेट संघ धादिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता धादिङका १३ जना खेलाडीलाई सम्मान गरेको छ ।

धादिङ घरभई विभागिय र प्रदेशबाट नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भई पदक विजेता खेलाडीहरुमा आर्मीबाट ९ जना, एपीएफबाट २ जना र बागमती प्रदेशबाट २ गरी १३ मध्य एपीएफबाट स्वर्ण विजेता सिद्धलेक निवासी सोनी गुरुङको उपस्थिति रहेको थिएन भने अन्य सबै खेलाडीलाई बाटो खर्च स्वरुप जनही ५/५ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता धादिङका खेलाडीहरु
१. सन्तोषी श्रेष्ठ, एथ्लेटिक्समा २ स्वर्ण
२. गणेश प्रधान, बक्सिङ स्वर्ण
३. दिपक श्रेष्ठ, बक्सिङ स्वर्ण
४. आशिष दुवाडी, बक्सिङ स्वर्ण
५. सोनी गुरुङ ट्राईथलन स्वर्ण
६. सम्झना कुमाल, हायण्डबल, स्वर्ण
७. दिपक अधिकारी स्वर्ण एथलेटिक्स
८. रामकुमार पोखरेल, तेक्वान्दो रजत
९. लालु आलेमगर, बक्सिङ रजत
१०. सरण सामरी भलिबल, रजत
११. लक्ष्मण मल्ल, साईक्लिनिङ, कास्य
१२. कोपीला मगर, कुस्ती, कास्य
१३. एकता कुमाल, फुलकन्ट्याक कराते, कास्य