
धादिङ । धादिङ क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरीय अन्तरपालिका क्रिकेट लिग प्रतियोगिताको लिग चरणको अन्तिम दुई खेल आज हुने भएको छ । समुह ए बाट धुनिबेसी र त्रिपुरासुन्दरी गाउँपालिका सेमिफाईनल प्रवेस गरि सकेका छन् भने आज हुने दुई खेलबाट दुई टिम सेमिफाईनल प्वेस गर्ने छन् ।
आज हुने लिग चरणको अन्तिम खेलहरु
९ बजे -सिद्धलेक गाउँपालिका बेनीघाट रोराङ गाउँपालिका
१ बजे -नीलकण्ठ नगरपालिका गल्छी गाउँपालिका
अहिले सम्म सबै भन्दा धेरै रन धुनीबेसीका कौशल रुपाखेतीले ११९ रनको स्कोर बनाएका छन् भने दोस्रोमा पनि धुनीबेसी कै सुनिल बालिया छन् उनले ९७ रनको स्कोर लिग चरणमा खडा गरेका छन् । यस्तै विकेट स्कोरमा त्रिपुरासुन्दरीका अमृत थापा अगडी छन् उन लिग चरणमा ८ विवेक लिदै अग्रस्थानमा छन् ।









































