सल्यानटारमा प्रथम दराई कप फुटबल सुरु

Avatar photo
Dhadingpost
कार्तिक ५, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा प्रथम दराई कप 7A Side फुटबल प्रतियोगिता शुक्रबारबाट सुरुभएको छ । अर्गौता युवा क्लबले आयोजना गरेका यस प्रतियोगितामा १३ टिमले सहभागिता जनाएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले उद्घाटन गरे सँगै सुरुभएको यस प्रतियोगिताको प्रथम पुरस्कार राशी ४४ हजार ४४४ र उपविजेताको पुरस्कार राशी २५ हजार ५२५ रहेको घनश्याम दराईले धादिङपोष्टलाई जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार एक खेल भएको र उक्त खेलमा कासिगाउ चितवन ले आयोजक अर्गौता युवा क्लब ‘C’ (LEGEND) लाई 2-1 ले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको दोस्रो दिन आज ४ खेलहरु हुने आयोजकले जनाएको छ ।

x