धादिङ क्रिकेट: त्रिपुरासुन्दरी र धुनिबेसी सेमिफाईनल प्रवेस

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७९

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारमा जारी जिल्ला स्तरीय अन्तरपालिका क्रिकेट प्रतियोगितामा समुह ए बाट त्रिपुरासुन्दरी गाउँपालिका र धुनिबेसी नगरपालिका सेमिफाईनल प्रबेस गरेका छन् भने समुह बी बाट कुन पालिका सेमिफाईलनमा पुग्दछन् शनिबार हुने खेलले निर्धारण गर्नेछ ।

त्रिपुरासुन्दरी र धुनिबेसी सेमिफाईनल प्रवेस सेमिफाईनल प्रवेस गरे सँगै यो ग्रुपमा परेका खनियाबास गाउँपालिका र गजुरी गाउँपालिका प्रतियोगिताबाट बाहिरिएका छन् । समुह बी मा रहेका बेनिघाट रोराङ, सिद्धलेक, गल्छी र नीलकण्ठको समान २-२ अंक छ, यो समुहको खेल शनिबार हुने निघाट रोराङ vs सिद्धलेक र गल्छी vs नीलकण्ठको खेलमा जस्ले जित्छ त्यो टिम सेमिफाईनल यात्रा गर्ने छ भने हार्ने टिम प्रतियोगिताबाट बाहिरिने छ ।