धादिङका आशिस दुवाडीले जिते स्वर्ण

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७९

धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा सकिएको छ । जसमा विभागिय टिम नेपाल आर्मीले १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी उचाल्यो ।

आर्मीको जितका लागि धादिङका आशिस दुवाडीले पनि १ स्वर्ण पदकको योगदान गरे । उनले बक्सिङ खेलमा स्वर्ण जितेका हुन् । उनले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जितेका थिए ।

धादिङकै अर्का खेलाडी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २ स्वर्ण जित्न सफल भएकी थिईन् । उनले १० हजार र ५ हजार मिटरको दौडमा प्रथम हुँदै दुई स्वर्ण जितेकी हुन् ।