सत्ता गठबन्धन धादिङले यहि १२ र १३ गते संयुक्त भेला गर्ने

Avatar photo
Dhadingpost
कार्तिक ४, २०७९

धादिङ । वाम-लोकतान्त्रिक गठबन्धन धादिङको विहिबार साँझ धादिङबेसीमा भएको बैठकले निर्वाचनको भावी कार्ययोजना बारे छलफल गरेको छ ।

बैठकले मंसिर ४ गते हुनलागेको प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्ता पक्षका उम्मेदवारहरुलाई जिताउन संयुक्त रुपमा कार्यकर्ता परिचालन गर्ने निर्यण गरेको छ । त्यसका लागि कार्तिक १२ गते प्रतिनीधि सभा क्षेत्र नम्बर २ को र १३ गते प्रतिनीधि सभा क्षेत्र नम्बर १ को संयुक्त कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ ।