
धादिङ । धादिङका आठ गाउँपालिकाले भागलिएको धादिङमा जारी अन्तरपालिका स्तरीय क्रिकेट लिगको आज दुई खेल मात्रै हुने आयोजकले जनाएको छ । कार्तिक १ गतेबाट सुरुभएको यस प्रतियोगिताको लिग चरणका खेलहरु आज र भोलिमा सकिने बताईएको छ ।
आज त्रिपुरासुन्दरी गाउँपालिका खक खनियाबास गाउँपालिका बिहान ९ बजे र गजुरी गाउँपालिका खक धुनीबेसी नगरपालिका दिनको १ बजे हुनेछ । यस्तै भोली कार्तिक ५ गते बेनीघाट रोराङ खक सिद्धलेक बिहान ९ बजे र नीलकण्ठ खक गल्छी दिनबो दिनको १ बजे हुने छ । विहीबार तेस्रो दिनको तेस्राे खेलमा बेनिघाट रोराङ गाउँपालिकाले पहिलो जीत दर्ता गरेको छ । समुह बी मा रहेको बेनिघाट रोराङ गाउँपालिकाले नीलकण्ठ नगरपालिकालाइ ७ रनले पराजित गरेसंगै उक्त समुहबाट दुइ चरणका खेल सकिदा सहभागी चार वटै टीमको समान २/२ अंक भएको छ ।
आफ्नो पहिलो खेलमा सिद्धलेक गाउँपालिकासंग पराजय बेहोरेको बेनिघाट रोराङले दोस्रो खेलमा नीलकण्ठ नगरपालिकालाइ झिनो रन अन्तरले पराजित गरेर सेमिफाइनल पुग्ने आशा जिवित राखेको छ । विहीबार नै भएको दोस्रो खेलमा सिद्धलेक गाउँपालिकाले गल्छी गाउँपालिकालाइ पराजित गरेसंगै यो समुहबाट सेफिफाइनल पुग्ने यात्रा रोमान्चक बनेको हो । यो समुहबाट सेमिफाइन यात्रा गर्ने टीम अन्तिम खेलबाट मात्रै टुङ्गो लाग्ने भएको छ ।
यस समुहको लिग चरणका अन्तिम खेलहरु नीलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका वीच तथा बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका वीच ५ गते हुने छ भने उक्त खेलमा विजयी हुने टोलीहरु यस समुहबाट सेमिफाइनलमा पुग्ने छन् । त्यस्तै विहीबारकै पहिलो खेलमा समुह ए मा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले गजुरीलाइ पराजित गरेर सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । लगातार दुइ खेलमा पराजित भएसंगै गजुरी गाउँपालिका समुह चरणबाटै बाहिरिएको छ ।
गजुरी पहिलो खेलमा खनियावास गाउँपालिकासंग पराजित भएको थियो । समुह चरणमा गजुरी गाउँपालिकाले अन्तिम खेल धुनीवेशी नगरपालिकासंग खेल्न वाँकी रहेता पनि उक्त खेल औपचारिकतामा सिमित रहने भएको छ । यो समुहबाट धुनीवेशी लगातार दुइ खेल जित्दै समुह चरणको अन्तिम खेल अघि नै सेफिफाइनल प्रवेश गरिसकेको छ । यस समुहमा रहेको त्रिपुरा सुन्दरी गाउँपालिका र खनियावास गाउँपालिकाको समान २/२ अंक रहेको छ भने समुह चरणको अन्तिम खेलमा यी दुइ पालिका नै भिड्दैछन् । उक्त खेलमा विजयी हुने टीमले सेमिफाइनलमा स्थान बनाउने छ ।









































