बालबालिकालाई भोली पनि भिटामिन ए र जुकाको औषधि खुवाईने

Avatar photo
Dhadingpost
कार्तिक २, २०७९

धादिङ । भोली अर्थात कार्तिक ३ गते पनि ६ देखि ५९ महिनासम्मका देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न नेपालमा राष्ट्रिय भिटामिन ए कार्यक्रम मार्फत ६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन एु क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि खुवाइदै आएको छ ।