
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बिशालटार खेल मैदानमा आजबाट सुरु भएको जिल्ला स्तरीय अन्तरपालिका T-20 क्रिकेट लिगको पहिलो खेलमा गजुरी गाउँपालिका विरुद्ध खनियाबास गाउँपालिकाले सानदार जितको सुरुवात गरेको छ । टस जितेर खनियाबास गाउँपालिकाले गजुरी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो । गजुरीले दिएको ११२ रनको टार्गेट खनियाबासले १६.३ ओभरमा ४ विकेट गुमाउदै निर्धारि लक्ष्य सानदार ढंगले पुरा गरेको थियो ।
गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १११ रन जोड्यो । गजुरीको मध्यक्रमका ब्यटर सबिन उपेत्रीले २७ बलमा २ चौकाको मद्दतले १९ रन प्रहार गरे । साथै सानु घलेले ८ बलमा ३ चौका प्रहार गर्दै १४ रन जोडेका थिए । खनियाबासको सरोज लम्सालले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर ४ विकेट लिए । सुदन तामाङले ३ ओभरमा १४ रन खर्चिएर ३ विकेट लिए । सरोजले गजुरीको टप-अडर र मिडल-अडर ब्यटरको विकेट लिदै गजुरीलाई खनियाबासले सस्तोमा रोकेको थियो ।
११२ रनको सामान्य लक्ष्य लिएर मैदान आएको खनियाबासले १६.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटायो । गजुरीका ओपनर खेम राज वोस्तीले ४२ बलमा ३ चौकाको मद्दतले २२ रन प्रहार गरे। साथै अमित गुरुङले २६ बलमा ४१ रनको आक्रम ब्याटिङ गरे । उनले ३ छक्का र ४ चौका प्रहार गरे । गजुरीका सोनु घलेले ४ ओभरमा २९ रन खर्चिएर महत्त्वपूर्ण ३ विकेट लिए पनि जितको लागि प्राप्त भएन । खेलको म्यान अफ द म्याच सरोज लम्साल भए ।










































