जगत सिंखडालाई कांग्रेसको बागी उम्मेदवार देवी पाण्डे बुर्लाकोटीको समर्थन

Avatar photo
Dhadingpost
कार्तिक १, २०७९

धादिङ । धादिङ क्षेत्र नं. २ प्रदेश (ख) बाट कांग्रेसबाट बागी उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी महासमिति सदस्य देवी पाण्डे बुर्लाकोटीले सत्ता गठबन्धनका उम्मेदवार जगत सिंखडालाई समर्थन गर्ने घोषणा गरेकी छिन् ।

देवी पाण्डे बुर्लाकोटीले मंगलबार एक विज्ञप्ति जारी बुर्लाकोटीले सत्ता गठबन्धनका उम्मेदवारले जित्नु पर्ने अहिलेको अवस्था आत्मसाथ गर्दै आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गरेकी हुन् । कांग्रेसले बागी उम्मेदवारी दिने नेता कार्यकर्तालाई कारबाही गरे पनि आत्मालोचनासहित उम्मेदवारी निस्क्रिय पारेर गठबन्धनको पक्षमा सक्रिय भए कारबाहीमा पुनर्विचार गर्नसक्ने पत्राचार गरेको थियो सोही अनुसार पार्टीको निर्देशन मानेको उनले धादिङपोष्टलाई बताईन् ।

यसै क्षेत्रमा एमाले राप्रपा तालमेल बन्दा कुनै सल्लाह नगरी पार्टीले उम्मेदवारी फिर्ता गरिदिएको भन्दै एमाले धादिङका उपाध्यक्ष समेत रहेको धनबहादुर घलेले एमाले पार्टी छाडेको घोषणा गरि सकेका छन् । अब यस प्रदेशमा सत्ता गठबन्धनको तर्फबाट जगत सिंखडा र एमाले राप्रपाको तर्फबाट उम्मेदवार बनेका डम्बर तामाङ बीच प्रतिपर्धा हुने छ ।