एमालेलाई विजयी गराउन सबै लागौं -लोहनी

Avatar photo
Dhadingpost
अशोज ३१, २०७९

धादिङ । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् धादिङ प्रनिनीधि सभा क्षेत्र नं. २ का उम्मेदवार खेम प्रसाद लोहनीले एमाले पार्टीलाई जिताउन सबै लाग्न्ु पर्ने बताएका छन् । पार्टी भित्र केहि प्रवृतिगत समस्य होला हामी विचारमा स्पष्ट छौं विचार र विधिमा चल्ने पार्टी एमाले भएकोले एमालेका उम्मेदवारले हार्न नहुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले गंगाजमुना गाउँपालिका कमिटीद्वारा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता लोहनीले धादिङमा पार्टी केन्द्रको निर्णय अनुसार प्रत्यक्ष तर्फ राप्रपा सँग गठबन्धन भएकोले कार्यकर्ताहरुले त्यहि अनुसार मतदानका लागि जनता सामु अपिल गर्नू पर्ने बताएका थिए । उक्त भेलाले १५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निमार्ण गरेको छ ।

x