धादिङ जिल्ला टी २० क्रिकेट लिगको उद्घाटन भोली मुख्य मन्त्री पाण्डेले गर्ने

Avatar photo
Dhadingpost
अशोज ३१, २०७९

धादिङ । कार्तिक १ गते (भोली) देखि हुने धादिङ जिल्ला स्तरीय अन्त रपालिका टी २० क्रिकेट लिगको उद्घाटन बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले गर्ने आयोजकले जनाएको छ । धादिङ क्रिकेट संघले आयोजनामा हुन लागेको उक्त प्रतियोगिताको उद्घाटन मंगलबार बिहान ९ बजे हुने संघका अध्यक्ष दिपेश कडेलले बताए । प्रतियोगितामा धादिङका आठ वटा पालिकाले प्रतिस्पर्धा गर्ने छन् ।

उद्घाटन पछि हुने प्रतियोगिताको पहिलो खेल बिहान ११ गजुरी गाउँपालिका र खनियाबास गाउँपालिका बीच हुनेछ, भने दोस्रो खेल धुनीबेसी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका बीच हुनेछ । धादिङका आठ वटा पालिका सहभागी यस प्रतियोगिता ४/४ टिम राखेर दुई समुह बनाई लिग खेलाईने छ ।
यस्तो छ लिग चरणको खेलहरु
समुह ए मा पर्ने टिमहरु

खनियाबास गाउँपालिका
त्रिपुरासुन्दरी गाउँपालिका
धुनीबेसी नगरपालिका
गजुरी गाउँपालिका
समुह बी मा पर्ने टिम हरु
सिद्धलेक गाउँपालिका
बेनीघाट रोराङ गाउँपालिका
गल्छी गाउँपालिका
नीलकण्ठ नगरपालिका

यस्तो छ खेल तालिका
कार्तिक १ गते
गजुरी गाउँपालिका vs खनियाबास गाउँपाकिला बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs त्रिपुरासुन्दरी गाउँपालिका दिनको २ बजे
कार्तिक २ गते
नीलकण्ठ नगरपालिका vs सिद्धलेक गाउँपालिका विहान ७ बजे
गल्छी गाउँपालिका vs बेनीघाट रोराङ गाउँपालिका बिहान ११ बजे
धुनीबेसी नगरपालिका vs खनियाबास गाउँपाकिला दिनको २ बजे
कार्तिक ३ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs गजुरी गाउँपालिका बिहान ७ बजे
गल्छी गाउँपालिका vs सिद्धलेक गाउँपालिका बिहान ११ बजे
बेनीघाट रोराङ गाउँपालिका vs नीलकण्ठ नगरपालिका दिनको २ बजे
कार्तिक ४ गते
त्रिपुरासुन्दरी गाउँपालिका vs खनियाबास गाउँपालिका बिहान ९ बजे
गजुरी गाउँपालिका vs धुनीबेसी नगरपालिका दिनको १ बजे
कार्तिक ५ गते
बेनीघाट रोराङ vs सिद्धलेक बिहान ९ बजे
नीलकण्ठ vs गल्छी दिनबो दिनको १ बजे