माओवादी केन्द्र धादिङले सोध्यो दुई जना नेतालाई स्पष्टिकरण

Avatar photo
Dhadingpost
अशोज ३१, २०७९

धादिङ । माओवादी केद्र धादिङको आईतबार सम्पन्न जिल्ला समन्वय समितिको विस्तारित वैठकले पार्टी हितविपरित कार्यगरेको भन्दै २ जना नेताहरुलाई स्पष्टिकरण सोधेको छ । स्वतन्त्र उम्मेदवारको प्रस्तावक बसेर प्रचार प्रसारमा सहयोग गरेको भन्दै नेता पुरुषेतम कोईरालालाई र पार्टी हित विपरित कार्य गर्दै हिडेको भन्दै रामकृष्ण आचार्यलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता र जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) को अध्यक्षतामा बसेको उक्त बैठकले आशन्न निर्वाचनको प्रचार प्रसारलाई व्यापकता बनाउन जिल्ला संघ, प्रदेश, पालिका हुँदै वडा सम्म निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय समेत गरेको छ ।

वैठकले ज्वालामुखी गाउँपालिका कमिटि पुनरगठन गर्ने प्रदेश कमिटको सल्लाहकारमा गंगाजमुनाको इन्चार्ज राजन अधिकारीलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ । बैठकमा केन्द्रिय अनुशमसन आयोगका सदस्य मोहन कार्की, धादिङ जिल्ला इन्चार्ज शालिकराम जमकट्टे, वैकल्पित केन्द्रिय सदस्य रामबहादुर भण्डारी, केन्द्रिय सल्लाहकार बेदनीधि अधिकारी, विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडा, बागमती प्रदेशका सह सचिव विजय बुर्लाकोटी, सम्पर्क समन्वय प्रदेशका कोषाध्यक्ष सोम्बोले तामाङ (अक्कल)र अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष संकर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

x