धादिङका नेता चेरुङ फर्किए माओवादी केन्द्रमा

Avatar photo
Dhadingpost
अशोज ३१, २०७९

धादिङ । अस्थिर राजनीति गर्ने पार्टी प्रवेस गरि रहने छविको आरोप लाग्ने गरेका चेरुङ तामाङ दलबल सहित माओवादी मै फर्किका छन् । माओवादी, नयाँ शक्ति, जसपा हुँदै सामाजिक एकता तथा जागरण पार्टीका केन्द्रिय कोषाध्यक्ष बनेका चेरोङ आईतबार माओवादी केन्द्रमा प्रवेस गरेका हुन् ।

उनी सँगै सामाजिक एकता तथा जागरण पार्टी परित्याग गरि जिल्ला अध्यक्ष राजन थापामगर, रोशनी तामाङ, डोल्मा तामाङ, अन्जली मायाँ तामाङ, शमिृला तामाङ, खर्पा तामाङ, फुलमायाँ तामाङ दिपक तामाङ, शेरबहादुर तामाङ माओवादी केन्द्रमा प्रवेस गरेका छन् । प्रवेस गर्ने सबैलाई माओवादी धादिङका इन्चार्ज शालिकराम जमकट्टेलले स्वागत गरेका थिए ।