धादिङकी सन्तोषी श्रेष्ठलाई स्वर्ण पदक

Avatar photo
Dhadingpost
अशोज २९, २०७९

धादिङ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा जाी महिला दस हजार मिटर दौड प्रतियोगितामा बागमती प्रदेशका लागि धादिङकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

सन्तोषीले पछिल्लो पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटरमा दौडिएकी थिईन् । सागकी स्वर्ण पदक विजेता खेलाडी पहिलो पटक सोही स्पर्धामा पोखरा रंगशालामा उत्रिएकी थिईन् । यसबीचमा घरेलु एथलेटिक्समा १० हजार मिटरको कुनै प्रतियोगिता पनि भएन । त्यसका लागि खेलाडीले राष्ट्रिय प्रतियोगितानै कुर्न पर्यो ।  तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर