धादिङका तिलक रुवाली बाग्मती प्रदेशको चुनाव प्रचार प्रसार संयोजकमा

Avatar photo
Dhadingpost
अशोज २९, २०७९

काठमाडौं, २८ असोज । नेपाली कांग्रेस बागमती प्रदेशले मंसिरमा हुने चुनावमा कांग्रेस र गठबन्धनका उम्मेदवार विजयी गराउन प्रदेश प्रचारप्रसार समिति गठन गरेको छ । सभापति इन्द्रबहादुर बानियाँले प्रदेश प्रवक्ता तिलक प्रसाद रुवालीको संयोजकत्वमा समिति गठन गरेका हुन ।

बाग्मतीका ४० वटा निर्वाचन क्षेत्रका उम्मेदवार र गठबन्धनका उम्मेदवार विजयी गराउने उद्देश्यले ६६ सदस्यीय समिति गठन गरिएको हो । कांग्रेसका उम्मेदवार र गठबन्धनका उमेदवारलाई विजयी गराउने गरि प्रचारप्रसारका गतिविधि अगाडि बढाउन सभापति बानियाँले निर्देशन समेत दिएका छन् ।

बानियाँले सहसंयोजकमा दीपेन्द्र आचार्य, सदस्यहरुमा कोकिल अस्तानी मगर, धनकुमारी थापा, सुनिता काफ्ले गौडेल, कृष्ण रिजाल, विद्याभुषण कार्की, राजकुमार त्रिपाठी, अर्जुन धरेल, मानबहादुर थापा, रजनी थापा, सदस्य सचिवमा रामेश्वर ढकाल लगायतलाई मनोनित गरेका छन् ।