
धादिङ । धादिङको युनिटी स्वास्थ्य सहकारीको संस्था लि. को १३ औ बार्षिक साधारण सभा तथा पाँचौ अधिबेशन अध्यक्षमा हरि दनै चयन भएका छन् ।
अधिबेशनबाट उपाध्यक्षमा नमिता अधिकारी, सचिव शिवप्रसाद पौडेल, कोषाध्यक्ष डा. रामचन्द्र रिजाल र सदस्यहरु माधब गुरुङ, दिपक अधिकारी, चमेली गुरुङ, राम प्रसाद सिलवाल, कृष्ण कुमार श्रेष्ठ चयन भएका छन् ।
यस सहकारीले विगत केहि वर्ष देखि धादिङबेसीमा खुद्रा तथा होलसेल रुपमा विभिन्न कम्पनीका औषधीहरु र स्वास्थ्य उपकरणहरु विक्रिवितरण गर्दै आईरहेको छ ।










































