धादिङबेसीमा आज १२ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन तयारी बैठक

Avatar photo
Dhadingpost
अशोज २८, २०७९

धादिङ । घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले आज दिनको १२ वजे निर्वाचन प्रचार प्रसारका लागि तयारी बैठक बस्ने जनाएको छ ।

उपसभापति डि. बि अर्याल, केन्द्रिय सदस्य उपेन्द्र पाण्डे, समानुपातिक उम्मेदवार कल्पना रोक्का, कृष्ण कुमार श्रेष्ठ, प्रत्यक्ष तर्फका उम्मेदवारहरु हिमेश पन्त र बसुमायाँ तामाङको उपस्थितिमा हुने उक्त बैठकमा पार्टीका क्रियाशिल कार्यकर्ता र शुभचिन्तकहरुलाई समेत निमन्त्रण गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिएर धादिङ क्षेत्र नं. १ को प्रतिनीधि सभा सदस्यका लागि हिमेश पन्तले एमालेका भुमि त्रिपाठी र सत्ता गठबन्धनका राजेन्द्र पाण्डे सँग प्रतिस्पर्धा गर्दै छन् भने धादिङ क्षेत्र नं. २ को प्रतिनीधि सभा सदस्यका लागि बसुमायाँ तामाङले एमालेका खेम लोहनी गठबन्धनका रामनाथ अधिकारी सँग प्रतिस्पर्धामा छिन् ।