
धादिङ । धादिङको दक्षिणी क्षेत्र वामपन्थीहरुको बाहुल्यता रहेको क्षेत्र मानिन्छ । यो क्षेत्रमा वर्षौ देखि वामपन्थीहरु नेताहरुले नै नेतृत्व गर्दै आईरहेका छन् । यो पटक पनि गठबन्धनको तर्फबाट राजेन्द्र पाण्डे र एमालेको तर्फबाट भुमि त्रिपाठी आमने-सामने भएका छन् । यी दुई ठुला दलका बीचमा कमेडी च्याम्पिएनबाट उदायका कमेडियन हिमेश पन्त घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् ।
राजेन्द्र पाण्डेलाई माओवादी र कांग्रेसको साथ छ भने भुमि त्रिपाठीलाई राप्रपाको, यो दुई शक्तिका बीच हिमेशपन्तले आफुलाई कसरी जनता सामु लैजान्छन् त्यो भने हेर्नै बाँकी छ । तथापी असोज २३ गते हिमेशको उम्मेदवारी दर्ताको क्षेण भने कमजोर देखिँदैनथ्यो ।
नेपाली झण्डा बोकेर युवाहरुको साथमा उम्मेदवारी दिन पुगेका उनले धादिङपोष्टलाई भनेका थिए । जनताले सँधै उहि पुरानालाई नै भोट हाल्नु हुन्न अब मुलुक युवाहरुको हातमा दिनुपर्छ आफु स्पष्ट भिजन सहित चुनावी एजेण्डा बोकेर जनताकोमा जाने बताए । जनता पुराना दल र पुराना नेताहरु देखि आजित छन् हिमेश पन्त सबैले चिनेका छन् अब चुनाव चिन्ह घण्टी चिनाउन सकियो भने आफुलाई हराउन कसैले नसक्ने र धादिङ क्षेत्र नम्बर १ मा घण्टी बज्ने उनको दावी छ ।










































