प्रथम मोतिगुफा कपको उपाधि अहिंशावादी युवा क्लवलाई

Avatar photo
Dhadingpost
अशोज २७, २०७९

धादिङ । आन्तरिक पर्यटन प्रवर्द्धन तथा खेल मार्फत अनुशासन प्रदर्शन गर्ने उद्देश्यका साथ खनियाबास गाउँपालिकामा आयोजित प्रथम मोतिगुफा खुल्ला पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मोति गुफा युवा क्लव र अहिंशावादी युवा क्लवको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा अहिंशावादी युवा क्लवले प्रतियोगिता जित्दा सिङ्गाङ एकता समाज उप विजेता बन्न पुगेको कार्यक्रम संयोजक इश्वर तामाङले बताए ।

सिङ्गाङ एकता समाज र अहिंशावादी युवा क्लव बिच भएको फाइनल गेम २र२ सेट बिजय भइ अन्तिम सेट भने अहिंशावादीले खेल आफ्नो पोल्टामा पार्दा नगद ६० हजार र दोस्रो सिङ्गाङ एकता समाजले ३० हजार जितेको छ । प्राविधिक कारणले गर्दा समापन कार्यक्रम निर्धारित समयमा गर्न नसकिए तापनि “प्रथम मोती गुफा कप” प्रथम मोती गुफा कपू २०७९ को फाईनल खेल भव्य र सभ्य तवरले सफल भएको छ । मौसम, समय र परिस्थितिलाई ध्यानमा राखी कार्यक्रम व्यबस्थापन गर्यौ अहिंशावादी युवा क्लबका अध्यक्ष मोजन तामाङले बताए ।

कार्यक्रममा प्रमुख अतिथि खनियाबास गा.पा. का अध्यक्ष रण बहादुर तामाङ, विशिष्ट अतिथि समाजसेवी फुल बहादुर तामाङ, विशेष अतिथि वडाध्यक्ष लिलामान तामाङ लगायत विभिन्न राजनीतिक दल, संघ, संस्थामा आबद्ध हुनु भएका अतिथिहरू रहेको थियो । म्हेन्दोमाया गायक युबि मोङ्ग्रेसा, सबिना तामाङ र विकल लामाको साथमा स्थानीय कलाकारहरूले साङ्गितिक प्रस्तुति दिई मनोरञ्जन गराएका थिए ।

कार्यक्रम सञ्चालनको दौरान आयोजकको तर्फबाट केही गल्ती, त्रुटि, कमी कमजोरी या केही छुटेको भए समीक्षा गरी त्यसलाई सुधारेर सच्चाएर आगामी दिनमा अझ यो भन्दा पृथक र ससक्त ढंगले कार्यक्रम राख्ने प्रतिबद्धता गर्दछौ कार्यक्रम सञ्चालक राजु तामाङ छेतेरेले भने । माेतिगुफाकाे पहिचान, नामकरण, संरक्षण र प्रचारप्रसारमा याेगदान दिएकाेमा स्थानीय खाेज तथा अनुसन्धानकर्ता गाेपाल फ्युबा तामाङलाई सम्मान प्रदान गरेका थिए ।