
धादिङबेसी । कांग्रेस धादिङका पूर्वसभापति रमेश धमला उम्मेदवारी फिर्ता लिन हेलिकप्टर चढेर धादिङबेसी आएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेद्वारी दिएका कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी विरुद्ध बागी उम्मेद्वारी दिएका धमलाले उम्मेदवारी फिर्ता गर्न बुधबार काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर धादिङबेसी आएका हुन् ।
धमलाले धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सदस्यका लागि उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीका कारण जिल्ला सभापति तथा सत्ता गठबन्धनका उम्मेदवार रामनाथ अधिकारी सबैभन्दा बढी समस्यामा थिए ।
