धादिङमा ७४ उम्मेदवार मध्य ५ जना मात्रै महिला

Avatar photo
Dhadingpost
अशोज २५, २०७९

धादिङ । धादिङ जिल्लामा प्रतिनीधि सभा क्षेत्र र प्रदेश सभा क्षेत्रमा राजनितिक दल र स्वतन्त्र गरि प्रत्यक्ष तर्फ ७४ जनाको उम्मेदवारी दर्ता भएको मध्य ५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ ।

प्रतिनीधिसभा क्षेत्र नं. १ मा १५ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना पनि महिला परेनन् भने प्रतिनीधि सभा क्षेत्र नं. २ मा १७ जनाको उम्मेदवारी दर्ता हुँदा २ जना महिला परेका छन् । ठुला दलहरुको उम्मेदवारी दर्ता पुरुषमय हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ र मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट धनमाया तामाङको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै प्रदेश तर्फ प्रतिनीधिसभा क्षेत्र नं. १ (क) मा १४ जनाको उम्मेदवारी दर्ता हुँदा १ जना स्वतन्त्रबाट रविना पौडेलको उम्मेदवारी दर्ता भयो यो क्षेत्रको (ख) मा १० जनाको उम्मेदवारी दर्ता भएको छ भने महिला शुन्य छ । त्यसैगरी प्रतिनीधिसभा क्षेत्र नं. २ (क) मा ६ जनाको उम्मेदवारी दर्ता मध्य १ जना स्वतन्त्रबाट खड्गकुमारी सापकोटाको उम्मेदवारी दर्ता भएको छ । यसै क्षेत्रको (ख) प्रदेशमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ जसमा स्वतन्त्रबाट देवीकुमारी बुर्लाकोटीको उम्मेदवारी दर्ता छ ।

धादिङमा क-कस्को उम्मेदवारी पर्यो (सूची सहित)