
धादिङ । धादिङमा यो पछिल्लो साता मात्रै २३९ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यो पछिल्लो साता असोज २३ गते एकै दिन ५० जनामा डेंगु संक्रमण भएको पुष्टि भएको थियो ।
धादिङमा साउन यताको तथ्याङ्क हेर्ने हो भने डेंगुको बिरामीको संख्या ९ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ५ सय ५७ जना पुरुष र ४ सय ३६ महिला गरी कुल ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
धादिङमा पछिल्लो साताको संक्रमित
असोज २४ गते २९
असोज २३ गते ५०
असोज २२ गते ४०
असोज २१ गते २४
असोज २० गते ३६
असोज १८ गते ४०
असोज १७ गते २०










































