
धादिङ । सत्ता गठबन्धनका दलहरुबीच आगामी मङ्सिर ४ गतेको निर्वाचनका लागि भागबन्डा मिलेको छ । जसपालाई दिन भनिएको क्षेत्रहरू खालि राख्दै चार दलले आ आफ्नो क्षेत्रमा सहमति गरेका हुन् ।
यो सहमती अनुसार धादिङमा प्रतिननीधि सभा क्षेत्र नं. १ को एकीकृत समाजवादीले पाएको छ । यस क्षेत्रबाट राजेन्द्र पाण्डे उठ्ने छन् । यसै क्षेत्रको प्रदेश क मा कांग्रेसले टिकट पाएको छ भने ख मा माओवादी धादिङका इन्चार्ज समेत रहेका शालिकराम जमकट्टेलले टिकट पाएका छन् ।
धादिङ प्रतिनीधि सभा क्षेत्र नं. २ को सांसदको लागि कांग्रेसले टिकट पाएको छ भने प्रदेश क मा कांग्रेस र ख मा माओवादी केन्द्रले टिकट पाएका छन् । समग्रमा धादिङमा कांग्रेसले संघ र प्रदेश गरि ३ सिट, माओवादीले प्रदेश १ सिट र एकीकृत समाजवादीले संघको १ सिट पाउने गरी सहमती छ ।










































