
धादिङ । नीलकण्ठ नगरपालिका १३ रहेको भोर्ले युवा समाज धादिङले योङ्गस्टार खेल मैदान सेउलीमा सम्पन्न गरेको फुटबलको उपाधी धादिङबेसी सितलबजारको ब्वाईज युनाईटेडले जितेको छ । बीपीन कडेलको २ गोल र सागर तामाङको १ गोल गरी ३ गोलको स्कोर बनाउँदै विजयी बनेको ब्वाईज युनाईटेड विरुद्ध खेलको चरङ्गे युवा क्लव२ गोलमा रोकिदा उप विजेता बन्यो ।
ब्वाईज युनाईटेडका विपिन कडेल ७ गोल गर्दै प्रतियोगिता कै सार्वाधिक गोलकर्ता बने, ब्वाईज युनाईटेड कै सागर गुरुङ उत्कृष्ट गोलरक्षक बने भने, उत्कृष्ट खेलाडी चरङ्गे युवा क्लवका कविर तामाङ बने । प्रतियोगितामा प्रथम भएको ब्वाईज युनाईटेडलाई ५५ हजार ५५५, चरङ्गे युवा क्लवलाई २५ हजार ५५५, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई २–२ हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।









































