
धादिङ । इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना जवरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।
महिला प्रहरीको उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिप्रका धादिङका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहले पुष्टि गरे । स्रोतका अनुसार ढुंगानाले महिला प्रहरी बस्ने क्वार्टरमै गएर जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरेर छानबिन भइरहेको बताईएको छ ।









































