लगनशिलले ज्वालामुखीमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल गर्दै

Avatar photo
Dhadingpost
अशोज १५, २०७९

धादिङ । शहीद स्मारक सी डिभिजन लिगमा लिग चरण पार गर्दै नकाउट चरण प्रवेस गरेको धादिङ ज्वालामुखी गाउँपालिकाको लगनशील युवा क्लवले विजया दशमीको अवसरमा जिल्ला कै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता गर्ने भएको छ ।

लगनशीलले असोज २१ देखि २५ गतेसम्म क्लव स्तरीय खुला नाईन ए साईड फुटबल प्रतियोगिता ज्वालामुखी गाउँपालिका ७ स्थित धारापानी खेल मैदानमा आयोजना गर्न लागेको हो ।

यस प्रतियोगिताको विजयी टिमले १ लाख ३० हजार र उप विजेताले ६५ हजार नगद जित्ले आयोजक लगनशील युवा क्लवले जनाएको छ । क्लवले यसै अवधिमा ५ हजार मिटर खुल्ला दौडको समेत आयोजना गरेको छ । दौडमा प्रथम हुनेले ५ हजार र दोस्रो र तेस्रो हुनेले ३३ हजार पुरस्कार जित्ने जनाइएको छ ।